के हुन्छ जब घर ले भित्र पस्न रोक्छ ?


मानिस कति बेला घर भित्रिन खोज्छ ? जब सांझ पर्छ , जब बाहिर खतरा भित्र सुरक्षा महसुस हुन्छ, जब बाहिर मौसम प्रतिकुल हुन्छ घर को अर्को अर्थ सुरक्षा न्यानोपन हो त्यहि  घर बनाउन मानिसले दिरात मेहनत गरेर पैसा को जोहो गर्छ तर के हुन्छ जब मानिस विपद का बेला घरबाट बन्चित हुन्छ ? विपद मा पस्न नपाइने घर के घर ? विपद मा बस्न नपाइने देश के देश ? सबैतिरको ढोका बन्द भएको बेला सिमानामा केहि दाजुभाई दिदिबैनिहरु बन्द ढोका ढक्ढकाइरहेका छन् , ढोका खोल्न आग्रह गरेका छन् सधै खुला हुने घरको  ढोका अहिले बन्द , अनि उनीहरुको जाने ठाउँ कहिँ छैन सच्चि के हुन्छ, जब घर ले भित्र पस्न रोक्छ ? के हुन्छ जब आफ्ना ले घर नपस भन्छ ? अहिले सिमानामा  जम्मा  भएका हरुलाई येस्तै अनुभब हुदो हो

कोभिड १९ को प्रकोप बिस्वब्यपी समस्या  भएको बेला भारतीय नाका भएर नेपाल भित्रिने नेपालीहरुलाई अलपत्र परेको खबरहरुले  समाचार भरिएको वाहाहरु अधिकांस हवाई टिकट पनि काट्न नसक्ने, दैनिक मजदुरी गरेर पेट पाल्ने गरिबहरु हुन् ।वहाहरु लाई यो कोभिड १९ को बारेमा प्रसस्त  जानकारी नहुन पनि सक्छ, आथवा जानकारी भएर पनि अरु उपाय नभएर आफ्नो देश को सरण मा आउनु भएको पनि हुन सक्छ ।संक्रमण को मुहान मानिएको वुहान बाट नेपाली बिद्यार्थी हरु हवाइजहाज चार्टर गरि ल्याएर हाम्रो देश ले अति उल्ल्येख्य काम गरेको थियो अब त्यस्तै  सदचारता देखाउने पालो नेपाल भारत सिमाना मा आएको ।अझ घर पस्न पाउनु देश पस्न पाउनु वहाहरुको हक आधिकार को पनि कुरो हो यो परिस्थितिले अझ भनौ देश देश बासीहरुलाई अर्को नैतिक दुबिधा परेको सिमानामा तनाब उक्त तनाब अन्य बाट नभई 'लकडाउन' परिस्थितिमा देश पस्न खोज्ने रोक्न खोज्ने प्रहरीबीच को तनाब हो ।देश पस्न दिनुपर्छ दिनुहुदैन भन्ने मनास्थीति   हरुको   तनाब हो। धनगढी को गौरीफन्टा नाकामा मार्च २३ मा आएका नेपाली हरु अलपत्र भै नाराबाजी गरिरहेको देख्दा दुख लग्यो ।त्यस्तै तनाब अन्य नाकाहरुमा  समेत   भैरहेको ।गौरीफन्टा   को कुरा गर्दा वहाहरुले एक रात सीमामा खुला आकाश मुनि बिताइसक्नु भयो यो भनेको निकै संबेदनशील समस्या हो ।सीमामा तेसरी भिडभाड गराएर राख्दा एकातर्फ वहाहरु मध्ये कोहि संक्रमित हुनुहुन्छ भने त्यो फैलिने खतरा हुन्छ भने  अर्को तर्फ , वहाहरुको धैर्यता  टुटेमा सिमानामा हिंसा हुने खतरा पनि बढ्छ यसले नेपाली नेपाली बीच मा फुट पनि हुन सक्छ जुन कुरा यो परिस्थितिमा नकारात्मक थप समस्या थप्ने बिषय हो

रोग को प्रकृति हेर्दा यो रोग संक्रमित अन्तरास्ट्रिय स्थान बाट  आएका संक्रमित व्यक्ति संग को सिधा सम्पर्क  बाट सरेको पाइन्छ ।बिपन्न वर्ग जो कहिँ कतै तेस्ता व्यक्तिको सम्पर्क मा आएका छैनन्, उनीहरुमा यो भाइरस नसरेको  पनि  हुनसक्छ ।यसो भन्दै गर्दा उनीहरुको जाच गर्नु पर्दैन, उनीहरुलाई क्वरेण्टाइन्मा राख्नु पर्दैन भनेको पक्कै होइन बरु वहाहरुमा संक्रमणको खतरा कम हुने सम्भावना चाहि भनेको हो खतरा जतिसुकै भएपनि वहाहरुलाई सिमानामा तेसरी अलपत्र भिडभाड गराएर राख्दा नभएको खतरा अझ बढ्ने सम्भावना हुन जान्छ मुख्य कुरा यो नेपाल को समस्या हो , भारत को होइन त्यसकारण वहाहरुलाई सीमाकै क्षेत्रवरपर स्कुल बा क्याम्पस मा क्वारेन्टाइन मा राखेर घर पठाउनु जरुरि तर यो काम भने तेती सजिलो छैन अझ कतिपय ले क्वारेन्टाइन को उलंघन गरेर भागेको समाचार प्रसारित गरेका थिए यस्तो किन भयो ? वहाहरु के कति कारण ले भाग्नु भयो ? भन्ने समस्या को पहिचान हुन जरुरि वहाहरुलाई क्वारेन्टाइन मा बस्न उत्प्रेरित गर्न सर्व प्रथम किन यसो गरिएको हो ? नगरे के हुन्छ ? भन्ने चेतना दिनु जरुरि वहाहरुमध्य कतिपय अशिक्षित तथा समस्या लाई गम्भीरता पुर्बक नलिएका व्यक्तिहरु हुन सक्नु हुन्छ यो गर्ने दाइत्व , राज्य , स्थानीय सरकार , तथा सम्पूर्ण स्थानीय बुद्धिजिबीहरुको हो  

हो, बेबस्था मिलाउन समय लाग्छ तर, यसो भन्दैमा भिडको धैर्यता टुट्ने सम्म भने पर्खनु मुर्खता हुन्छ भाइरसको स्रोत क्षेत्र बाट बिद्यार्थी सकुशल ल्याएको सरकार समू अर्को चुनौती थपिएको यदि यी निम्न स्थर का जनताहरुको उचित उद्धार बेबस्थापन नगरिएमा राज्यको कसैलाई काखा कसैलाई पाखा गरिएको स्थिति ठहरिने यो चुनौतीमा सबैले स्थानिय तबरबाट समाधान को लागि पहल हुन जरुरि पत्रपत्रिका हरुले 'क़्वरेण्टाइन का मानिसहरु भागे' भन्ने समाचारको साटो उनीहरु के कति कारण ले भागे भन्ने कुरा को खोजि गरेर उक्त समस्या को निराकरण गर्न साथ दिनु जरुरि यो हामी सबैको लडाई हो यो बिषम परिस्थितिमा हामीहरु सबै घरमा आराम गरेर बोर भैरहेको बेला 'तिनीहरुलाई नेपाल पस्न दीनुहुदैन' , 'अहिले सम्म किन नआएको ?'  भनेर उनीहरुको घाउमा नुन छर्नु को साटो, बरु के कसरि वहाहरुको समस्या समाधान गर्न सकिन्छ त्यतातिर ध्यान दिनु जरुरि विपद का बेला कोहि  घरवार बिहिन हुनु नपरोस देश पनि घर हो, घर ले ढिलो चाडो भन्दैन, आश्रय दिन्छ तेसैले हामी घर को चाहाना गर्छौं आफ्नो घर सम्झी  दैलो मा पुगेका कोहि नेपालीहरु घर हुदा हुदै बेघर अनुभब नगरुन , विभेद महसुस नगरुन
-प्रज्ञा        

Comments