कोरोना र हाम्रो जिम्मेबारी
कोभिड १९ अर्थात्
कोरोना भाइरस ले
सम्पूर्ण बिश्व
भरिका मानिसहरुको जिबनमा
उथल पुथल ल्याइदिएको छ
। यस्तो बिषम
परिस्थितिले बिस्वभर छरिएर रहेका
मानिस हरुलाई केहि
सिख दिइरहेको छ
। जतिबेला अणबिक सम्पन्न
देशहरु आफ्नो अणबिक शक्तिमा
घमण्ड गरिरहेका थिए,
तेतिबेला यो सानो
जिबणुले कसरि सुक्ष्म
ले पनि तहल्का
मच्चाउन सक्छ, कसरि
बिज्ञान र प्रविधिका बाबजुद
हाम्रो सानो मानबिय
गल्ति सम्पुर्ण लाई भारि
पर्न सक्छ
भनेर सम्झाएको छ
। झन्डै झन्डै
'इण्डिभिजुअल लाइफ़स्टाइल' तिर उन्मुख
भैरहेका हामीहरुलाई हामीहरु
कसरि एक अर्का
संग अन्तरनिर्भर छौ भन्ने
सम्झाइदियेको छ ।
बिकाशशील र बिकशित
दुइ धुर्ब मा
बाडीएको विश्व लाई
जुनसुकै ठाउको मानब
समस्या भनेको साझा
समस्या हो भन्ने
अनुभूति दिलाएको छ
।
हुनत, विषम परिस्थितिमानै
मानबको मानबता, अनि
हतास झल्किन्छ ।
जस्तो अस्ट्रेलिया लगाएत
का बिकशित मुलुकमा
कोभिड १९ को संक्रमण को खबरले हतासमा
खाद्यान्न, तथा
सफ़ाइका सरसामान हरु घरमा थुपार्ने
काम सुरु भयो
। सरकारले
"सामग्री अभाब हुदैन,
तेसरी 'प्यानिक बाइङ्ग' नगर" भनेपनि
हतास मा सामान
किन्ने काम कम भएको
छैन । अस्ट्रेलियामा आझै पसलमा
स्यनिटाइजर, हेण्ड्वास, तथा अन्य
धेरै समय रहने
खानेकुरा को आभाब
छ । यसले सबेरै
पसल आउननसक्ने, बृद्ध-बृद्धा तथा
स्वास्थ्य सेवामा खटिने
कर्मचारीहरु तथा काम
आय भएका व्यक्ति
तथा बिध्यार्थिहरुलाई समस्या
परेको छ । अनि यो
मेरो बिचारमा यहाको
समाजमा भएको व्यक्तिगत जिबंशैली
कै उपज हो । सामान
थुपार्ने हरु, अरु
भन्दा आफुलाई कसरि
सुरक्षित राख्ने भन्ने
कुरामा मात्र सजक
देखिन्छन , तर
यो कार्यले समाजका असक्त,
र काम आय भएका , बिद्यार्थी,
समय आभाब भएका
अन्य सदस्य हरुमा
के असर पर्ला
भन्ने कुरामा सजक
देखिदैनन । आफु
सुरक्षित हुन अरुपनि
सुरक्षित हुनु पर्छ
भन्ने कुरा कोभिड
१९ ले सिकाएको
महत्वोपुर्ण पाठ हो
। आफ्नो मात्र हात
धोएर सुरक्षित हुन
सकिदैन जिबणु नसर्न
अफ़ुवरपरका, आफ्नो सम्पर्कमा
आउने , र आउन सक्ने
सबै मानिसको हात
सफा हुनुपर्छ भन्ने
कुरा हामीले बिर्सनु
हुदैन । यो 'व्यक्तिगत
जिवनसैली' को उपज
हो ।त्यसैगरी, कतिपय
मानिसहरु यो जिवाणुलाइ
लिएर जातिबाद
तिर लम्केको पनि
सुन्नमा आउछ । यसै बिषयमा
अमेरिकी राष्ट्रपतिको "चाइनिज
भाइरस" भन्ने भनाइ
आलोचना को बिषय भैरहेको छ । त्यसैगरी अन्य इरान,
चाइना का केहि व्यक्तिहरुले पनि यो जिबाणु लाई
अमेरिका संग जोड्ने
गरेको पनि पाइन्छ
। यो पनि समस्याको राजनीतिकरण बाहेक
अरु केहि होइन
।यसरि यो संक्रमण
लाई कुनै राष्ट्र
तथा जातिबाद संग
जोड्नु सकारात्मक कुरा
होइन ।
महामरिसंग एकजुट भएर
लड्ने बेलामा एकर्कालाई
दोष लगाउदा यसले कुनै
देश बिषेस तथा
जति बिषेस को
भवनमा ठेस पुग्न
सक्छ, जुन कुरा
पक्कै पनि राम्रो
होइन । त्यसैले
यो कुरा सबैले
निरुत्साहन गर्नु
पर्छ ।
यसै बीच
हाम्रो देशमा विभिन्न
भ्रम र त्रास फैलाउने मानिस हरुको
पनि सक्रियता बढेको
देखियो । यो पनि एक
किसिमले समस्याको राजनीतिकरण
हो वा अरुलाई
तर्साएर आफु चर्चा
मा आउने सस्तो
कुटनीति हो ।हाम्रो
संस्कार भनेको सहास्तित्वोमा
आधारित छ ।हाम्रो
जिबंशैलिले निर्बल र
निमुखा हरुको
सहयोग गर्नु
पर्छ भन्ने जिम्मेबारी
सिकाउछ । एकअर्कालाई
गारो पर्दा हेर्न,
माया गर्न सिकाउछ
। तरपनि , बजारमा
मास्क लुकाइनु, सामानहरु
र हवाई यातायातको
भाडा वृद्धि हुनु
ले हामी माथि पनि
पश्चिमी ब्यक्तिबादी संस्कृति
हाबी भएको देखिन्छ
। यो सबैको बाबजुद
नेपाल प्रहरीको कारबाही,
सरकारको अत्याबस्याक बाहेक सबै
सेवाहरु बन्द गर्ने निर्णय एकदम
सराहनीय छ । यसमा
सबै जनताको साथ
र सहायोग जरुरि
छ । अस्ट्रेलिया
जस्तो देशले त मार्च
२३ देखि मात्र
अत्याबस्यक बाहेकका अरुकुरा
बन्द गर्ने हिम्मत गर्यो
, यसको तुलनामा हाम्रो
देश को निर्णय
समयमै आएको छ
। अझै अस्ट्रेलियाका बिध्यालयहरु बन्द भएका
छैनन् र
यसो नहुनुको कारण देशलाई पर्न
सक्ने आर्थिक आसर
को नन्युनिकरण हो
। सबैभन्दा महत्वोपुर्ण कुरा,
अहिले सरकारले यो
गरेन, त्यो गरेन
भन्दापनि सके आफै
चनाखो हुनु , नसके
सरकारको निर्णयमा सहयोग
गरेर आफु र आफु वरपर
का व्यक्ति हरुको
सुरक्षामा साथ दिनु
हो ।
बिदेशबाट देश सम्झेर
आइसकेका व्यक्तिहरु लाई
किन देशमा आउन
दिएको भन्नुको साटो
वहाहरुलाई बरु आफै
क़्वरेन्इटाइनमा बस्न
झक्झकाऔ ।समस्या बुझेका
हरुले आफै सजक भएर अरुमा संक्रमण
फैलन नदिन एक्लै
कोठामा बसौ
। जसमा संक्रमण
देखियो, सम्बन्धित स्वास्थ्य
संस्थामा खबर गरौ
।बिसेसगरि , भारतीय नाकाहुदै
आएका नेपाली दाजुभाइ
दिदिबैनिहरु सम्भ्रान्त परिवार का
नभई दैनिक मजदुरी
गरेर जिबिका आर्जन
गरिरहेका हाम्रै देशका
बासिन्दा हुन् ।
वाहाहरुमा शिक्षा तथा
चेतनाको कमि हुन सक्छ ।वहाहरुलाई
पाखा गर्नुको साटो
वहाहरुलाई 'क्वारेन्टाइन' मा कसरि बस्ने ?, के-के कुरामा ध्यान
दिने?, कस्तो लक्षण
देखिए, काहा सम्पर्क
राख्ने ?, लगाएतका कुराहरुको शिक्षा
दिनु जरुरि छ । आझ
क़्वरेण्टाइन मा बस्न
घरमा सुबिधा छ
छैन ? नभए सरकारी आथवा
सामाजिक तबरबाट छुट्टै
बासस्थानको ब्यबस्था
हुनु जरुरि छ ।बरु त्यस्तो
ठाउहरुमा अत्यावस्यक बाहेक अरुकुरा
मा निषेधाज्ञा जारी
गर्ने , र नियम पालन भएनभएको
यकिन गर्न सामाजिक तथा
सरकारी तबरबाट पहल
हुन जरुरि
छ ।
विषम परिस्थितिको बाबजुद कोरोनाले हामीलाई
परिवार संग समय बिताउने, आत्मचिन्तन
गर्ने, अंतर्यत्रा गर्ने
र संसारको जुनसुकै
ठाउमा भएपनि हाम्रो
दुख साझा हो भन्ने कुरा
महसुस गर्ने अवसर
दिएको छ
। हाम्रै समाजका
मनकारी व्यक्तिहरु चिन्ने अवसर
दिएको छ । आफुपनि अघि
सरि आफ्नो र अरुको लागि
केहि गर्न सक्ने
परिस्थिको सृजना गरेको
छ । विदेश मा रहदा
पनि आफ्नो देशमा
'घरबेटिहरुले भाडा मिनाहा
गरेको' , 'बजार का
पसलहरुले सार्वजनिक प्रयोगका लागि
पानी र हेण्ड्वास को बेबस्था
गरेको', र 'सरकारी
तवरबाट चालिएका सकारात्मक
कदमहरु' सुन्दा खुशी
लाग्छ ।त्यसैगरी आरोप-प्रत्यारोप , कालोबजारी, सुन्दा
दुख लाग्छ । आझै सम्म
हामीलाई भाइरस ले
जितेको छैन, यो भाइरस हामी
नेपाली भन्दा बलियो
साबित नहोस।युद्ध मा
बहादुर भएका हामी
यो अर्को रोग
संगको बिश्वयुध मा
संयमता का साथ खरो उत्रेर
फेरी संसारमा नाम कमाउन
सफल भएको सुन्नु
परोस ।
-
Pragya
Comments
Post a Comment