एकादेशमा . . . .
एकादेशमा
राजा हुन्थे
तिनका रैति हुन्थे
राजा घोडा सवारी हुँदा
रैति खाली खुट्टा
फटेका चप्पलमा थापाडी
बजाउथे
जय जयकार गर्थे
राजाको सवारी गाडी मा
हुँदा
रैति कम्सेकम सडकका दाँया
बाँया
सुकिला जुत्ता र सुकिला
पोसाकमा
थापडी बजाउथे, फूल बर्षाउथे
एकदिन राजा को जाने समय
आयो
राज खान्दानमा जन्मेकै सट्टा
दरबारमा हुर्कन पाउने
एकादेश्मा राज्य गर्न
पाउने
समयको अन्त्य भयो
राजाकुमारी लाई पन्छाएर
राजकुमार मात्र अधीराज
कुमार हुन पाउने
लैंगिक बिभितताको युग
को अन्त्य भयो
रैतिका छोरा छोरी राजा
भए
तर ,
राजाझै ठाट बाठ मा हिड्दा
रैति ले पत्त्याएनन
रैतिहरु राजा खोजिरहे
एकादेशमा,
राजा जनता भए पनि
रैति रैति रहिरहे ।
·
Pragya
Paneru
Comments
Post a Comment