लौरो संस्कृति


जब जब कसैलाई कुनै नियम मा बाध्ने बेला आउछ , तबतब लौरो को प्रसङ्ग नि चलिहाल्छ हिजोआज प्रहरीले सर्वसाधारण लाई लौरो उठाएको प्रसङ्ग कोहि लौरोको पक्ष मा छन् कोहि बिपक्षमा हाम्रो समाजमा लौरो नभेट्ने सायदै कोहि होलान आखिर लौरो किन हाम्रो समाजको नियमांकन मा तेस्तो निर्णायक साबित भयो लौरो किन उठाइन्छ ? लौरो उठाइनु हाम्रो रहर कि बाध्यता ? लौरो उठाउदा लौरो उठाउनेको मन मा के हुन्छ ? लौरो खानेको मन मा के बित्छ ? लौरो उठाई ले  उठाउने खाने दुबैलाई मिठो वा तितो कस्तो अनुभूति दिन्छ होला ?

मैले यस बारेमा घोत्लेर सोच्दा मलाई हाम्रो बाल्यकाल को सम्झना आयो मा सानो छदा आमा बाबा ले भनेको मनाउन वा केहि बिगार नगर्न सतर्क बनाउन लौरो उठाउनु हुन्थ्यो वा ठुलो स्वरमा अहराउनुहुन्थ्यो मैले पनि सानै छादा लौरो थर्काई खाएको आझै सम्झना मेरो भाइ बैनिहरुलेनी सानोमा केहि बिगार गर्दा जोरले नकुटे पनि उनीहरुलाई तर्साउन  आमा बुवाले लौरो हातमा लिनु हुन्थ्यो लौरो देख्दा अझ तेस्को स्वाद पाइसकेपछि हामी लाइनमा आउथ्यौ कुरो सामान्य लाग्थ्यो कुटेको लाइ माया गरेको भनिन्थ्यो, अझै भनिन्छ यो मायाको नमिठो स्वाद पाए पनि सायद माया यस्तै होला जस्तो लाग्थ्यो ।तर आज सम्झिदा लाग्छ के लौरो थर्काई बिना बालबालिका हरु साच्चै बिग्रिन्छन ? के त्यो मात्र उपाय ?

त्यसपछि स्कुल जाने भएपछी स्कुलमा पनि शिक्षक शिक्षिकाहरुले गृहकार्य नगरे लौरो कै सहारा लिनुहुन्थ्यो हामी डरले गृहकार्य गर्थ्यौ अनि भनेको मान्थ्यौ आझ हाम्रो पालामा शिक्षक शिक्षिकाहरु डरलाग्दो भएको बढी मान्यता राख्थ्यो किनकि डरलाग्दो नभए लौरो को बानि परेका बिध्यार्थिहरु शिक्षक शिक्षिका हरुलाई कक्षा मा टिक्न दिदैन थिए कहिलेकाही धेरै नकाराउने , लौरो प्रयोग नगर्ने शिक्षक शिक्षिकाहरु स्कुलबाट निकालिन्थे, अनि बिध्यार्थिहरु खुशी हुन्थे लौरो उठाउने शिक्षक हरु को बिषयमा राम्रो नम्बर आउथ्यो अनि बिद्यालय प्रशासन अभिभाबक दुवै खुशी हुन्थे परिक्षा मा धेरै अंक ल्यायेनी वा कक्षामा हल्ला नगरेनी मलाइ लौरो उठाउदा आफ्नो बुवा आमा मन पर्थ्यो शिक्षक शिक्षिका  नै अझ विद्यालयको कुरा गर्ने हो भने त्यहि लौरो को डर ले मैले कहिले बिद्यालय जिबन मा रमाउन पाएन स्कुल फि नतिरेकोमा, पोसाक मापदण्डको नभएकोमा , भनेको जस्तो अंक नल्याएकोमा जहिले बिद्यार्थी माथि हुने दुर्ब्यबहार ले मलाई "बिद्यार्थी जिबन सुनौलो जिबन " भन्ने भनाइ कहिले साचो लागेन अहिले पनि मलाई यदि मानब उत्पीडनमा कोहि अदृस्य रुपमा उत्पीडित छन् भने ति बिद्यार्थी हुन् जस्तो लाग्छ, हो महिलाहरु भन्दा पनि

मलाइ प्राय शिक्षक पेसा बिद्यालय अनुभब ले मन पर्दैन थियो तर  एस एल सी पछि शिक्षिका  भए तर आफुलाई मन नपर्ने खालको कुट्ने शिक्षिका नहुने प्रयासरत रहे अफसोच, मेरो नरम मिजास बालबालिकाहरुलाई माया गर्ने, कक्षामा हलचल गर्न दिने बानि कतिपय बिध्यलायाको लागि असक्षमता थियो कक्षा कोठा शान्त हुनु पर्थ्यो , कक्षा बाट केवल शिक्षकको मात्र आवाज आएको मनपराइन्थ्यो ।अझ कतिपय अभिभाबक हरुनै "मेरो छोरा छोरी लाइ अलिक डराई दिनुस , दुइ चार लौरो हिर्काएनि केहि फरक पर्दैन" भन्ने जस्ता सुझाब लिएर आउथे मैले लौरो उठाउदै उठाएन भन्दैन किनकि मैले काम गर्ने सुरुवाती दिनमा कतिपय अवस्थामा यो बाध्यात्मक थियो ।तर, जबजब मैले लौरो उठाए तब तब आफुलाई हारेको अनुभब गरे कतिपय अवस्थामा ग्लानिबोध ले घरमा आएर रोएको छु , अनि कतिपय अवस्थामा मैले मेरा बिध्यर्थिहरुसंग माफी समेत मागेको छु समय परिवर्तन हुदै आउदा आजभोलि बिद्यार्थी हरुलाई कुट्नु हुदैन भन्ने चलन आयो , तर शारीरिक सजाय नभएपनि अझै बिद्यालय हरुले मानसिक तनाब , थ्रेट दिने चलन गएको छैन कतिपय नाम चलेको स्कुल मा आझै लौरो उठाइन्छ , कहिले काही बिद्यार्थी घाइते भएको समाचार पनि अझै आउछन

यी सबै प्रसङ्ग ल्याउनुको कारण उही लौरो हो अहिले प्रहरीको लौरो को प्रसङ्ग ले मलाइ यो कुराको सम्झना आयो ।लौरो प्रहरी बाट होइन हामीले सानै देखि बाबु आम , शिक्षक शिक्षिका , दाइ दिदि , बाट खादै आएका छौ घर मा स्कुलमा खाएका लौरोहरु मा धेरै अवस्था हरुमा माया को ट्याग लगाइएको  हामीलाई सानै देखि लौरो को भाषा सिकाइएको माया, स्नेह आदर ले भनेको मान्ने परिपाटीमा अझै हामि ढलेका छैनौ हामी  ठुला ले साना लाइ वा अधिकार वाला ले आफु मातहतका लाइ केहि कुरा गर्न बाध्यात्मक परिस्थिति सृजना गर्न लौरो, रुखो आदेश, वा  ठुलो स्वर  को प्रयोग गर्छौं त्यसैले हामीले सामान्य रुप मा  भनेको कसैले मान्दैन वा मान्दैन भन्ने हामी अनुमान लगाउछौ धेरै पहिला देखि लौरो संस्कृतिमा अव्यस्त भएका हामि लौरो को प्रयोग गर्न लौरो नपरेसम्म  सितिमिति चेत्दा पनि चेत्दैनौ ।यो सबै कुराले हाम्रो समाजमा लौरो कसरि अनिवार्य भयो भन्ने कुरा को उत्तर दिन्छ यो लौरो संस्कृति को पराबृत्ति तोड्न जरुरि तेस्का लागि हामीले हाम्रो आफ्नो ब्यबहार मा परिवर्तन ल्याउन जरुरि हाम्रा सन्तानहरुलाई लौरो रुखो बोलीले लालन पालन गर्न छोड्नु जरुरि किनकि लौरो को प्रयोग ले एकातिर  लौरो उठाउने अर्को तिर लौरो खाने दुबैलाई अमानव महसुस गराउछ, लौरो उठाउने लौरो उठाएको मात्र बुझ्ने नमिठो परिपाटी लाइ प्रोत्साहन गर्छ      

Comments