लौरो संस्कृति
जब जब कसैलाई
कुनै नियम मा बाध्ने बेला
आउछ , तबतब लौरो
को प्रसङ्ग नि
चलिहाल्छ । हिजोआज
प्रहरीले सर्वसाधारण लाई लौरो
उठाएको प्रसङ्ग छ
। कोहि लौरोको
पक्ष मा छन् त कोहि
बिपक्षमा । हाम्रो
समाजमा लौरो नभेट्ने
सायदै कोहि होलान
। आखिर लौरो
किन हाम्रो समाजको
नियमांकन मा तेस्तो
निर्णायक साबित भयो
। लौरो किन
उठाइन्छ ? लौरो उठाइनु
हाम्रो रहर कि बाध्यता ? लौरो उठाउदा
लौरो उठाउनेको मन
मा के हुन्छ
? लौरो खानेको मन
मा के बित्छ
? लौरो उठाई ले उठाउने
र खाने दुबैलाई
मिठो वा तितो कस्तो अनुभूति
दिन्छ होला ?
मैले यस बारेमा
घोत्लेर सोच्दा मलाई
हाम्रो बाल्यकाल को
सम्झना आयो । मा सानो
छदा आमा बाबा
ले भनेको मनाउन
वा केहि बिगार
नगर्न सतर्क बनाउन
लौरो उठाउनु हुन्थ्यो
वा ठुलो स्वरमा
अहराउनुहुन्थ्यो । मैले
पनि सानै छादा
लौरो र थर्काई
खाएको आझै सम्झना
छ । मेरो भाइ बैनिहरुलेनी
सानोमा केहि बिगार
गर्दा जोरले नकुटे
पनि उनीहरुलाई तर्साउन आमा
बुवाले लौरो हातमा
लिनु हुन्थ्यो ।
र लौरो देख्दा
र अझ तेस्को
स्वाद पाइसकेपछि हामी
लाइनमा आउथ्यौ ।
कुरो सामान्य लाग्थ्यो
। कुटेको लाइ
माया गरेको भनिन्थ्यो,
अझै भनिन्छ र
यो मायाको नमिठो
स्वाद पाए पनि सायद माया
यस्तै होला जस्तो
लाग्थ्यो ।तर आज
सम्झिदा लाग्छ के
लौरो र थर्काई
बिना बालबालिका हरु
साच्चै बिग्रिन्छन ? के
त्यो मात्र उपाय
छ त ?
त्यसपछि स्कुल जाने
भएपछी स्कुलमा पनि
शिक्षक र शिक्षिकाहरुले
गृहकार्य नगरे लौरो
कै सहारा लिनुहुन्थ्यो
। हामी डरले
गृहकार्य गर्थ्यौ अनि भनेको
मान्थ्यौ । आझ
हाम्रो पालामा शिक्षक
र शिक्षिकाहरु डरलाग्दो
भएको बढी मान्यता
राख्थ्यो किनकि डरलाग्दो
नभए लौरो को बानि परेका
बिध्यार्थिहरु शिक्षक शिक्षिका
हरुलाई कक्षा मा
टिक्न दिदैन थिए
। कहिलेकाही धेरै
नकाराउने , लौरो प्रयोग
नगर्ने शिक्षक शिक्षिकाहरु
स्कुलबाट निकालिन्थे, अनि बिध्यार्थिहरु
खुशी हुन्थे ।
लौरो उठाउने शिक्षक
हरु को बिषयमा
राम्रो नम्बर आउथ्यो
अनि बिद्यालय प्रशासन
र अभिभाबक दुवै
खुशी हुन्थे ।
परिक्षा मा धेरै अंक ल्यायेनी
वा कक्षामा हल्ला
नगरेनी मलाइ लौरो
उठाउदा न त आफ्नो बुवा
आमा मन पर्थ्यो
न शिक्षक शिक्षिका नै
। अझ विद्यालयको
कुरा गर्ने हो
भने त्यहि लौरो
को डर ले मैले कहिले
बिद्यालय जिबन मा
रमाउन पाएन । स्कुल फि
नतिरेकोमा, पोसाक मापदण्डको
नभएकोमा , भनेको जस्तो
अंक नल्याएकोमा जहिले
बिद्यार्थी माथि हुने
दुर्ब्यबहार ले मलाई
"बिद्यार्थी जिबन सुनौलो
जिबन " भन्ने भनाइ
कहिले साचो लागेन
। र अहिले पनि मलाई
यदि मानब उत्पीडनमा
कोहि अदृस्य रुपमा
उत्पीडित छन् भने
ति बिद्यार्थी हुन्
जस्तो लाग्छ, हो
महिलाहरु भन्दा पनि
।
मलाइ प्राय शिक्षक
पेसा बिद्यालय अनुभब
ले मन पर्दैन
थियो तर एस एल
सी पछि म शिक्षिका भए
तर आफुलाई मन
नपर्ने खालको कुट्ने
शिक्षिका नहुने प्रयासरत
रहे । अफसोच,
मेरो नरम मिजास
र बालबालिकाहरुलाई माया
गर्ने, कक्षामा हलचल
गर्न दिने बानि
कतिपय बिध्यलायाको लागि
असक्षमता थियो ।
कक्षा कोठा शान्त
हुनु पर्थ्यो , कक्षा
बाट केवल शिक्षकको
मात्र आवाज आएको
मनपराइन्थ्यो ।अझ कतिपय
अभिभाबक हरुनै "मेरो
छोरा छोरी लाइ
अलिक डराई दिनुस
, दुइ चार लौरो
हिर्काएनि केहि फरक
पर्दैन" भन्ने जस्ता
सुझाब लिएर आउथे
। मैले लौरो
उठाउदै उठाएन त म भन्दैन
किनकि मैले काम
गर्ने सुरुवाती दिनमा
कतिपय अवस्थामा यो
बाध्यात्मक थियो ।तर,
जबजब मैले लौरो
उठाए तब तब आफुलाई हारेको
अनुभब गरे । कतिपय अवस्थामा
म ग्लानिबोध ले
घरमा आएर रोएको
छु , अनि कतिपय
अवस्थामा मैले मेरा
बिध्यर्थिहरुसंग माफी समेत
मागेको छु । समय परिवर्तन
हुदै आउदा आजभोलि
बिद्यार्थी हरुलाई कुट्नु
हुदैन भन्ने चलन
आयो , तर शारीरिक
सजाय नभएपनि अझै
बिद्यालय हरुले मानसिक
तनाब , थ्रेट दिने
चलन गएको छैन
। कतिपय नाम
चलेको स्कुल मा
आझै लौरो उठाइन्छ
, कहिले काही बिद्यार्थी
घाइते भएको समाचार
पनि अझै आउछन
।
यी सबै प्रसङ्ग
ल्याउनुको कारण उही
लौरो हो । अहिले प्रहरीको
लौरो को प्रसङ्ग
ले मलाइ यो कुराको सम्झना
आयो ।लौरो प्रहरी
बाट होइन हामीले
सानै देखि बाबु
आम , शिक्षक शिक्षिका
, दाइ दिदि , बाट
खादै आएका छौ । घर
मा र स्कुलमा
खाएका लौरोहरु मा
धेरै अवस्था हरुमा
माया को ट्याग
लगाइएको छ
। हामीलाई सानै
देखि लौरो को भाषा सिकाइएको
छ । माया, स्नेह र
आदर ले भनेको
मान्ने परिपाटीमा अझै
हामि ढलेका छैनौ
। हामी ठुला ले
साना लाइ वा अधिकार वाला
ले आफु मातहतका
लाइ केहि कुरा
गर्न बाध्यात्मक परिस्थिति
सृजना गर्न लौरो,
रुखो आदेश, वा ठुलो
स्वर को
प्रयोग गर्छौं ।
त्यसैले हामीले सामान्य
रुप मा भनेको कसैले
मान्दैन वा मान्दैन
भन्ने हामी अनुमान
लगाउछौ । धेरै पहिला देखि
लौरो संस्कृतिमा अव्यस्त
भएका हामि लौरो
को प्रयोग गर्न
र लौरो नपरेसम्म सितिमिति
चेत्दा पनि चेत्दैनौ
।यो सबै कुराले
हाम्रो समाजमा लौरो
कसरि अनिवार्य भयो
त भन्ने कुरा
को उत्तर दिन्छ
। यो लौरो संस्कृति को पराबृत्ति
तोड्न जरुरि छ तेस्का लागि
हामीले हाम्रो आफ्नो
ब्यबहार मा परिवर्तन
ल्याउन जरुरि छ । हाम्रा
सन्तानहरुलाई लौरो र
रुखो बोलीले लालन
पालन गर्न छोड्नु
जरुरि छ किनकि लौरो को
प्रयोग ले एकातिर लौरो
उठाउने र अर्को तिर लौरो
खाने दुबैलाई अमानव
महसुस गराउछ, र
लौरो उठाउने र
लौरो उठाएको मात्र
बुझ्ने नमिठो परिपाटी
लाइ प्रोत्साहन गर्छ
।
Comments
Post a Comment