समस्या छाउगोठ कि छाउगोठ को कारण मृत्यु ?
हरेक वर्ष जसो सुदुर पश्चिमी भेगका आछाम, बाजुरा लगाएतका पहाडी भेगमा
दिदि बहिनीहरुले राजस्वोलाका बखत अब्यबस्थित
छाउगोठमा ज्यान गुमाउनु परिरहेको खबर पत्रपत्रिका मा देख्न र पढ्न पाइन्छ । यस बर्ष
पनि छाउगोठ भत्काउने प्रहरीलाई किल्ला ले हानेको अनि आछाम मा एक महिलाको ज्यान गएको
खबर ले हामी सबैलाई स्तब्ध बनायो। यो समस्या को समाधान स्वरूप स्वयं सरकार तथा अन्य अभियन्ताहरुले छाउगोठ भत्काउने
आभियान धेरै पहिले देखि चलाएता पनि समस्याको समाधान भने हुन सकेको छैन । समाधान भएको हुदो हो त छाउगोठ मा येसरी बर्सेनि
आकाल मा ज्यान गुमेको समाचार पढ्नु पर्दैनथ्यो होला, छाउगोठ भत्काउने र गाउले बीच बिबाद
को समाचार पनि आउदैनथियो होला ।आझ समाचारहरुमा स्वोयं अभियन्ताहरु राजस्वोला हुदा छाउगोठ मा बस्ने, खबरहरु भने आइरहे । याहा भत्केका छाउगोठारू तुरुन्तै तयार हुन्छन,
र यो पर सर्ने प्रथा कायम नै रहनछ । येदि छाउगोठ समस्या हुदो हो त त्यो भत्काउदा समस्या
को समाधान हुनु पर्ने थियो तर यहाँ समस्या छाउगोठ नभएर छाउप्रबृति र यो संग सम्बन्धित
विभिन्न धार्मिक र संस्कृतिक अन्धबिस्वास हरु हुन् । अनि यो प्रबृत्ति खाली आछाम, बाजुरा मा मात्र सिमित
नभएर काठमान्डौ लगाएत नेपाल भरिका सहर र बिसेसगरी
ब्राहमिन, छेत्री समाज का घर घर मा ब्याप्त छन् । मात्र त्यहाँ छाउगोठ को सट्टा घरकै
एक कोठामा दिदिबैनिहरु नछुने भएर बस्छन , भान्छा, पूजाकोठा छिर्दैनन, निश्चित दिनपछि
नुहाई धुआइ सकेर मात्र समन्या जिबन आपनाउछन
र उनीहरु को मृत्यु को खबर आउदैन किनकि उनीहरु गोठ को साटो घरभित्र बस्छन । छाउगोठ बिरोधि कयेउन बुद्धिजिबी वर्ग, शित्क्षित समुदाय समेत महिलाहरु नछुने हुने कुरामा बिस्वास
गर्छन, नछुनिहुदा महिलाले छोएको नखाने, नछुने गरेको पाइन्छ । त्यसकारण यो बिकट, असिक्षित
समाज प्रति लक्छित गरि समस्याको जरो सम्म नै नपुगिकन छाउगोठ भत्काउने गतिबिधि कतिको
जायेज हो त्यो सरोकारवाला हरुले सोच्न जरुरि छ
।जबसम्म राजस्वोला लाई अपबित्रता संग गसिंछ, तबसम्म छाउगोठ बनिरहनछन र छाउगोठ नभएका ठाउमा
समेत महिलाहरु आफ्नै घरभित्र पर सरिरहनछन ।
देखिनु समस्या र नदेखिनु समस्याको निर्मुल पक्कै होइन जस्तो मलाई लाग्छ तेसैले
पढेलेखेका सहरी समाजमा यो समस्या नभएको र आछाम र बाजुरा मा मात्र टड्कारो भएको भने पक्कै होइन ।
तेसोभाये यो समस्याको
समाधान के त ? अभियेन्ताहरुले छाउगोठ भत्काइरहने अनि गाउलेहरुले
छाउगोठ बनाइरहने, र बर्सेनि महिलाहरुले ज्यान
गुमाइरहने त पक्कै पनि होइन । छाउगोठको कारण
बर्सेनि हुने मृत्युलाई रोक्न तत्काल संस्कृति
मैत्री प्रयाश हुन जरुरि छ जसलाई कार्यान्वयान
गर्न त्येसभेगका जनता हरु समेत राजि होउन ।
तेस्कोलागी छाउगोठ को सट्टा महिला मैत्री र सम्पूर्ण आवस्यक सुबिधा सम्पन सामुहिक नमुना राजस्वोला घर निर्माण गरियोस
। उक्त्त घरमा प्रसस्त खानेपानी तथा सफाई प्रयोजान्को निम्ति पनि पानी , पकाउने, सुत्ने, सौचालय,
अनि प्याड़ हरुको निसुल्क बेबस्था गर्न सकेमा राजस्वोलाको बखात महिलाहरुले आकालमा ज्यान
गुमाउनु पर्दैनथियो । येसोभएमा एकातिर जनामाझ
राजस्वोला बखत महिलाहरुलाई हेरचाह गर्नुपर्छ भन्ने सकारत्माक संदेश जान्छ भने अर्कोतिर कोहि महिला ले छाउगोठ्मा बसेरा ज्यान गुमाउनु पर्दैन । सामुहिक राजस्वोला
घरमा गाउभरिका राजस्वोला भएका महिलाहरु जम्मा हुने भएको कारण उनीहरुबीच सुख दुख साटासाट
अनि एउटा ससक्त महिला संगठन को पनि आवसार प्राप्त
हुनसक्छ । सबैभन्दा महत्वोपुर्ण कुरा भने यो
आभियानको सायद कसैले बिरोध पनि गर्दैनन्
किनकि यो संस्कृति मैत्री समेत छ तर , यो समस्या को समाधान भने होइन ।
तेसोभाए के गर्ने त
? मेरो बिचारमा*** छाउ उन्मुलन तब मात्र हुन्छ जब सम्पूर्ण महिलाहरु मा आफु छाउ भएको
भन्ने मानसिकता बाट मुक्ति मिल्छ । येस्कोनिम्ति सर्बप्रथम त यो नाछुनी हुने, छाऊ हुने , पर सर्ने जस्ता राजस्वोला प्रति नकारात्माक
आर्थ बोकेका सब्दहरु हटाउनु पर्छ । शिक्षित युवा
युवतीले यो नछुने हुने मानसिकता बाट उठी सर्बप्रथम आफ्नै बेक्तिगत जिबनाबाट तेस्बखत आफु र आफ्ना आमा दिदि
बहिनि हरुमा हुने विभेद निर्मुल गर्नु पर्छ। र तेसो गर्नु साचिकै गारो हुनसक्छ किनकि हजारौ
बर्सदेखी नियमजस्तो बनेको यो संस्कार एक किसिमले हाम्रो समाजमा सत्य जस्तै बनेको छ
। दर्सनिक फुको ले भने जस्तो सत्य, सक्ति र
ग्यान को सम्बन्ध याहा थोरै लाई थहाछ जसले गर्दा यो समस्याको समाधान तुरुन्तै हुनसक्ने
कुरा अलिक जटिल छ । येसो भन्दै गर्दा यो समस्या ज्यानमारा भैरहोस भन्ने होइन त्यसकारण छाउगोठ प्रचलित स्थान
हरुमा केहि महिला मैत्री बासस्थान को बिकाल्प खोज्नु निकै जरुरि भैसक्यो । नत्र बर्सेनि छाउगोठ मा भैरहेको मृत्यु ले हाम्रो बिकाश, शिक्ष्या, र लोकतन्त्र लाई जिस्काइरहने छ ।
प्रज्ञा
Comments
Post a Comment