Posts

रुकुम घटनामा छुटेको एक पक्ष

रुकुम घटनामा छुटेको एक पक्ष   रुकुम घटना मा हामीले त्यस घटना घट्नुमा जातिय पटो लाई मात्र केलाउदै गर्दा उक्त घटनाको अर्को महत्वपूर्ण पक्षमा ध्यान गएको छैन । मैले यसो भन्दै गर्दा मैले हाम्रो समाजमा दलित र गैर दलित बिच असमानता को खाडल छैन भन्न खोजेको चै होइन ।   हामी कहाँ अझै जात हेरेर प्रेम गर्ने , सम्बन्ध गास्नेहरुको जमात छ , जात नमिलेकैमा प्रेम सम्बन्ध हरु टोडिएका ब्यथाहरु छन् , कथित सानो जात मा विवाह गरेकोमा गाउ निकाला , परिवारबाट बहिस्कार का उदाहरण हरु हामी वरपर पाईन्छन । यस्तो परिस्थितीमा यस   घटनामा जातिय संकिर्णता भन्दा माथि उठेको दोस्ती , र दलित र गैर दलित बिचको प्रेम सम्बन्ध   छर्लङ छ । त्यसकारण पनि, यो बिशुद्ध   जातिय घटना मात्र होइन भन्ने बुझाउछ । मेरो बिचारमा,   यस्लाई पनि दलित र गैर दलित भनेर   मात्र   सामान्यकरण गर्दा यो दुरी घटाऊन गरिएका दलित र गैर दलित प्रयास प्रति अन्न्याय हुन जान्छ ।     अ...

एकादेशमा . . . .

एकादेशमा . . . .     एकादेशमा राजा हुन्थे तिनका रैति हुन्थे राजा घोडा सवारी हुँदा रैति खाली खुट्टा फटेका चप्पलमा थापाडी बजाउथे जय जयकार गर्थे राजाको सवारी गाडी मा हुँदा रैति कम्सेकम सडकका दाँया बाँया सुकिला जुत्ता र सुकिला पोसाकमा थापडी बजाउथे, फूल बर्षाउथे     एकदिन राजा को जाने समय आयो राज खान्दानमा    जन्मेकै सट्टा दरबारमा हुर्कन पाउने   एकादेश्मा राज्य गर्न पाउने समयको अन्त्य भयो राजाकुमारी   लाई पन्छाएर राजकुमार मात्र अधीराज कुमार हुन पाउने लैंगिक बिभितताको युग को अन्त्य भयो रैतिका छोरा छोरी राजा भए   तर , राजाझै ठाट बाठ मा हिड्दा रैति ले पत्त्याएनन रैतिहरु राजा खोजिरहे एकादेशमा,   राजा जनता भए पनि रैति रैति रहिरहे ।