तिजको रहर र बिबाद को लहर

तिजको रहर बिबाद को लहर

 

हरेक जसो तीज तिर कुनै कुनै बिबाद आइलग्छ कुनै नौलो कुरमा बहस हुनु आफ्नो बिचार रख्नु राम्रो कुरो हो तर नयाँ कुरलाई खाली नकारात्मक रुप मा मात्र लिएर बहस हवी हुनु पक्कै राम्रो कुरो होईन जस्तो मलाई लाग्छ

 

मलाई २००८ साल तिर कोमल वली ले गाउनु भएको "पोइल जान पाम " गीत ले उठाएको बिबाद को समझना छ । अलिक परिपक्वता नभएकोले होला, उक्त गीत त्यस्ताका मैले पनि राम्ररी सुन्न सक्दैन थिए । 'पोइल' भन्ने शब्द एकदमै गाली अथवा अपशब्द जस्तो लग्थ्यो । 

 

मलाई लाग्थ्यो 'पोइल जानु' भनेको नराम्रो कुरा हो ।हाम्रा गीतहरुमा सजिलै केटाले "तिमीलाई तानेर लान्छु" वा "आमा, नाइ मलाई त्यै केटी चाहिन्छ" भन्ने गीत हरु सुन्दा आपत्ती लाग्दैन थियो । तर "पोइल" अँह त्यो त एकदम उत्ताउलो शब्द लाग्थ्यो । मेरो आमाहरु, दिदी बहिनिहरु, र वरपरका मन्छे हरुले नि त्यस गीत लाई नराम्रो नै भन्थे र सयद मैले पनि धेरै बिचारै नगरि नराम्रो नै ठाने ।

 

आज भन्दा कारीब दुइबर्ष अघी एमफिल कक्षा मा एउटा प्राध्यापकको कुराले मेरो सोचाइले यु टर्न लियो सर ले भन्नु भो "सबै भन्दा पहिलो अधिकार मन्छे को आफ्नो सारीर माथी को अधिकार हो तर नेपाल को सन्दर्भ मा त्यो अधिकार महिलाहरुले अहिले सम्म पएका छैनन " वहाँ ले वलिको उक्त गीत को कुरो पनि उठाउँनु भो कसरी हाम्रो समजले एउटा केटी ले आफ्नो मन पर्ने मन्छे सँग जने कुरा ब्यक्त गरेको पचाउदैन त्यो कुरा एउटा नकरत्मक बहस को बिसय बन्छ भनेर भन्नु भएको थियो

 

कुरो एकदम सही थियो त्यस्पछी मात्र मलाई किन 'पोइल' नराम्रो शब्द बनाइयो भन्ने कुरा को बोध भयो किन "तिमीलाई भगाइ लइजान्छु" भन्ने बोल को गीत सहज समान्य लाग्छ तर "पोइल जना पम्"  मा उत्शृन्खलता भेटिन्छ भन्ने थाहा भयो किनकि, हाम्रो समज्मा केटी मन्छे लाई छनौटको अधिकार छैन उनिहरुको कि दान गरिन्छ कि भगाएर लागिन्छ  

 

हुनत तीज को कथा मा हेर्दा पर्वतिले आफ्नो बुवाले उन्को विवाह बिष्णु सँग गरिदिने कुरा बाट दुखी भएर आफ्नो रोजेको बर शिब लाई पाउन घरबाट भागेर जंङल मा गै'  ब्रत बसेको प्रसंग यो प्रसंग हेर्दा पार्वती को ब्रत पनि आफ्नो अभिबाबक को छनौट को साटो आफ्नै रुची को मन्छे सँग विवाह गर्न पाउ भन्ने चाहना रहेको त्यो हिसाबले पर्वतिले "पोइल जना पाम्" भनेरै ब्रत बसेकी हुन्, तर पनि वलिको गीत नकारात्मक बहस को बिसय बनाइन्छ किनकी हामीलाई ब्रत बसेर चमत्कार स्वोरुप छोरी चीलिको चाहेको वर परे ठीक तर पोइल जाने छुट छैन  

 

यसपालिको बहस चाँही दुर्गेश थापा को गीत को  सारी ब्लाउज को बिसय सोफिया थापा को "यस्पलिको तिज नो ब्रत प्लिज्" भन्ने गीत प्रती आएको मेरो बिचार मा "केटाले सारी लगाउँनु हुन्न" भन्ने मनसिकता "केटी हरुले पाइन्ट लगाउँउ हुन्न" भन्ने मनसिकताको अर्को पटो हो २०५९-२०६० तिर होला मलाई एउटा अत्यन्तै मिल्ने केटा साथीले भनेको थियो "प्रज्ञा तिमी राम्रो छौ तर पाइन्ट लगाउछौ " अहिले हस्यात्मक लगे पनि यो कुरले मलाई निकै असर गरेको थियो मैले केहि महिना पाइन्ट लगाउनै छोडेको पनि थिए अहिले त्यस्तो भन्ने साथी को श्रीमती, छोरी सबै पाइन्ट लगाउछन वहाँलाई यो कुरा सम्झादा सयद हसो पनि उथ्छ होला तर त्यतिबेला काठमांन्डौ परका जिल्ला हरुमा केटी हरु लाई पाइन्ट सामान्य थिएन  

 

दुर्गेस थापाले जुनसुकै बहनामा सारी लगएनि, त्यो पहिरन बहसको बिसय बनाइनु हुन्न जस्तो लाग्छ अझ सकारात्मक रुप हेर्दा त्यसले पहिरन लिङ्ग को केहि सम्बन्ध छैन भन्ने कुरा को सन्देश पनि दिन्छ त्यस्तै, सोफिया थापा ले 'ब्रत नबस' भन्ने गीत गांउदैमा कोही ब्रत नबस्ने, 'ब्रत बस' भन्दा कोही बस्ने भन्ने कुरा ले अझ पनि 'हाम्रा दिदी बहिनिमा आफ्नो सोच्ने, निर्णय गर्ने क्षमता छैन' भनेको जस्तै हो ब्रत बस्नु नबस्नु -आफ्नो इच्क्षा को बिसय हो त्यसैले 'ब्रत नबस्' भन्ने गीत गाउदैमा 'ब्रत नबसिने', अथवा संस्कृती मसिने कुरो 'तिललाई पहाड  बनाउनु' हो   

 

तीज महिला हरुको चाड हुँदाहुँदै पनि पुरुषहरु सहभगी हुनु, "बिच्च बिच्चमा" नाच्न खोज्नु खुशी को कुरा हो कुनै चाड्बाड लाई महिला पुरुष भनेर छुट्टाउनु भन्दा महिला पुरुषह दुबै सहभगी भएर रमाइलो गर्नु सकारात्मक कुरो हो त्यसै गरी 'ब्रत नबस्' भन्ने आवज एक महिलाको बिचार वा आवाज लाई बिभिन्न आरोप लगाई गीत बन्द गर्न लगाउनु, धम्की दिनु भनेको एक सन्किर्ण सोच भन्दा बढी केहि होईन नसकी नसकी ब्रत बसेर अफुलाई दुख दिनुको साटो ब्रत नबस भनेको नि ठिकै हो, अनि सक्नेले वा रहर गर्नेले गीत आउदैमा ब्रत नबस्ने पनि होईन त्यसैले तीज गीत नकरत्मक बहसको बिसय बनाइनु भन्दा फरक आवज को उत्सब मनाइनु बढी समय सापेक्ष हुन जन्छ

 

 


Comments