घाम अस्ताएको त्यो बिहानि


हुर्किदै गर्दा नगरपालिका कार्यालय आघी धनगढीमा सब्जिमन्डी हुने गर्थ्यो त्याहा प्राय मधेशी मुलका ब्यपारिहरु हुन्थे त्यही इस्लाम मुलका मशु पसल हरु नि हुन्थे प्राय मेरो वरपरका धनगढी बासिहरु त्यही तरकारी किन्न जन्थे मासु पनि त्यहिको खाने गर्थे हामी स्कुल त्यही बटो हिंड्नु पर्थ्यो अनि सब्जिमन्डी  को दृश्य, मासु पसलहरु प्राय सधै जसो देखिन्थ्यो

 

त्यहाँ -सना आस्थायी टहरा हरु, -साना मटोले लिपेका घर हरु हुन्थे पछी ,  तरकारी ब्यबसायमा त्यहिका बिसेस गरी  थारुहरु , अन्य स्थानिय हरु पनि   लाग्न थले सब्जिमन्डी भन्दा हाटबजार बढी प्रचलित हुन थल्यो तर अझै केहि सब्जी पसल हरु , टहराहरु, मासु पसलहरु  त्यहाँ  थिए र छन  

 

स्कुल सकेपछी शिक्षक पेशा मा लागे धनगढीको निजी शैक्षिक संस्था हरुले शिक्षक हरुलाई निकै पेल्थे लिखित परिक्ष, अन्तर्बार्ता, शैक्षिक लब्धान्क हेरेर धेरै मध्य कुनै लाई छनौट गर्थे छनौट भएको दिन के के भा'को जस्तो लाग्थ्यो महिना मर्दा थाहा हुन्थ्यो तलब पाइन्थेन अनि कतिपय अवस्थामा महिना, वा  त्यो भन्दा बढी को तलब पाइन्थेन अझ कहिले कत्ति'नी पाइन्थेन

 

त्यस ताका मावोबादी जनयुद्द पनि उत्कर्शा मा थियो   घरी-घरी, घर भित्र बाट पनि गोली चलेका आवाज हरु, बम पड्किएका आवझारु सुनिन्थे हामी खाट मुनी लुक्थ्यौ प्रहरी लाई कोठा भाडा नै पाइन्थेन हाम्रो घर अघी एकदिन छिमेकमा डेरा गरी बसेका एक प्रहरिलाई भात खान को लागी   हात धुन बाहिर आउँदा, मावोबादिहरुले सडक मा बोलाई 'ड्यङ्! ड्यङ्! ड्यङ्!' तीन गोली ठोकेर मरेको मैले आफ्नै आखले देखेको थिए

 

मलाई सपना जस्तै लगेको थियो मन्छे को ज्यान तेती सस्तो सजिलो भएको देखेर नजिकै दुई मिनेट को दुरी मा प्रहरी चौकी थियो तर घटना भएको निकै समय सम्म कोही त्यहाँ आएनन मावोबादिहरु साइकल मा भागेका थिए मेरो मम्मी ले गाई डोर्याउदै गर्दा नजिकबाट देख्नु भएछ । भुइमा लडेको प्रहरिलाई सहयोग गर्न खोज्दा मम्मी लाई नि बन्दुक तेर्स्याएका थिए सम्भवत्: मेरो मम्मी ले नै सबैलाई बोलाएर "अस्पताल लग बचिहाल्छन कि" भन्नु भएको थियो त्यस दिन देखी मम्मी केहि महिना सम्म  आफै मानसिक तनाब बाट गुज्रनु भयो घर नजिक कोही नौलो मन्छे आउँदाअ "वा मावोबादी मर्न पो आएकि" जस्तो सोच्नु हुन्थ्यो  

 

एक रात फेरी गोली चल्यो हामी खाट मुनी लुक्यौ खाट मुनी लुक्नु को कारण चाही ‘गोली भित्ता बाट छिरे पनि भुइमा सुतेको, त्यस माथी खाट मुनी लुक्दा बाचिन्छ’ भन्ने अनुमान थियो रात भरी गोली को आवजमा निद्रा परेन काहा के भयो, कती मन्छे मरे केहि थाहा भएन भोली पल्ट स्कुल मा पढाउन निजानु थियो बिहान खाना खाएर स्कुल तर्फ हानियो स्कुल पुगेपछी थाहा भयो तेतिबेला कक्षा यु. के. जि. मा पढ्ने मेरो विद्यार्थीदिप्ज्योती’ को निधन भएको खबर सुनियो स्तब्ध भए घटनाको प्रकृती सुन्दा मान भारी भयो    

 

त्यो रात चलेको गोलिहरु मध्य एक गोली ले त्यो अबोध बालिकालाई पनि चिर निद्रामा सुताएको थियो उस्को परिवार त्यही सब्जिमन्डी छेउछाउका मटोका घर हरुमा बस्थे सयद तर्कारी ब्यपार गर्थे गोलिचल्दा सएद खाट मुनी पनि लुके होलान तर त्यो अबोध बालिकालाई अस्ताउने गोली लाई त्यो माटो को भित्ता ले छेक्न सकेन ।सुने, उस्ले 'ऐया' पनि भनिने निद्रा मै थिइ नगरपालिकामा आक्रमण भएको रहेछ अरु पनि मारिए तर मलाई त्यो अबोध मृत्यु ले अझै झास्काइ रहन्छ दोहोरो गोलिको शिकार त्यस बस्ती का मानिस हरु भएछन गर्मी महिना थियो गोली भित्ता बाट छिरेर छोरी अस्ताइ सकेकी थिइ आमाबाबुले पत्तो बिहान मात्र पाए अध्यारोमा छम्दा चिसो लागेको थियो, तर पसिना सम्झिएर वास्त गरेनछन बिहान भएपछी मात्र थाहा भयो उनिहरुको काखको घाम बिना कारण जनयुद्द ले खोसिसकेछ । उनिहरुले रातो रगत लाईइ पसिना सम्झेछन ।

 


Comments