रुकुम घटनामा छुटेको एक पक्ष

रुकुम घटनामा छुटेको एक पक्ष

 

रुकुम घटना मा हामीले त्यस घटना घट्नुमा जातिय पटो लाई मात्र केलाउदै गर्दा उक्त घटनाको अर्को महत्वपूर्ण पक्षमा ध्यान गएको छैन । मैले यसो भन्दै गर्दा मैले हाम्रो समाजमा दलित गैर दलित बिच असमानता को खाडल छैन भन्न खोजेको चै होइन

 

हामी कहाँ अझै जात हेरेर प्रेम गर्ने, सम्बन्ध गास्नेहरुको जमात , जात नमिलेकैमा प्रेम सम्बन्ध हरु टोडिएका ब्यथाहरु छन् , कथित सानो जात मा विवाह गरेकोमा गाउ निकाला, परिवारबाट बहिस्कार का उदाहरण हरु हामी वरपर पाईन्छन यस्तो परिस्थितीमा यस  घटनामा जातिय संकिर्णता भन्दा माथि उठेको दोस्ती , दलित गैर दलित बिचको प्रेम सम्बन्ध  छर्लङ त्यसकारण पनि, यो बिशुद्ध  जातिय घटना मात्र होइन भन्ने बुझाउछ मेरो बिचारमा,  यस्लाई पनि दलित गैर दलित भनेर  मात्र  सामान्यकरण गर्दा यो दुरी घटाऊन गरिएका दलित गैर दलित प्रयास प्रति अन्न्याय हुन जान्छ

 

 

अर्को महत्वपूर्ण तथ्य भनेको, रुकुम घटनामा कथित दलितको मात्र ज्यान गएको छैन त्यस घटनामा गैर दलित हरुको पनि ज्यान गएको साथी सगै केटी भागाउन गएका साथीहरुमा दलितहरु मात्र छैनन गैर दलित हरु पनि छन् यसबाट  त्यहा युबा समुहबिच दलित गैर दलित बिच भेदभाब छैन भन्ने बुझिन्छ उनिहरु साथीको आग्रह मा केटी लिन हिंडेको कुरा प्रस्ट जो ज्यानमारा हुन, वहाँहरुले दलित-दलित छानी-छनी पनि मार्नु भएको छैन आवेगमा उक्त समुहको भ्याए जती सबैमा खनिनु भएको यो घटनालाई दलित गैरदलित प्रकरणमा मात्र गाज्यो भने ती सम्पूर्ण युवा जस्ले यो कथित जातिय सन्किर्णता टोडेर आफ्नो साथीलाई सहयोग गरे तिनिहरु प्रति अपमान हुने निस्चित

 

अब आऔ घटनाको कनुनी पक्ष तर्फ यस घटना मा किशोरी विवाह गर्न उमेर नपुगेको देखिन्छ विवाह गर्न उत्सुक युवा समेत भर्कर किसोर अवस्था पार गरेको स्थिती एकछिन लाई उक्त घटनामा अभिबाबकको मन्जुरी बिना  केटी लिन गएका युवा ले केटी लिएर घर आएको भए, के कनुनी रुपमा यो विवाह मान्य हुन्थ्यो ? त्यसो हुन जाँदा, केटा पक्ष कै गल्ती भएर कानुनी बाटो पनि अपनाउन सकिन्थ्यो तर यहाँ दुबै अभिभाबक ले अल्लारे कथित  प्रेम प्रसँग लाई उचित परामर्श दिन नसकेको प्रस्ट

 

 

यदी केटी पक्षले पनि छोरीलाई  " ठीक तिमीहरु एक अर्का लाई माया गर्ने नै भए पनि केही बर्ष पढ आफ्नो खुट्टा मा उभिउ अनी आफ्नो इछ्या गर्नु " भनेर  सम्झाएको भए,  यो घटनामा छोरी ले हालचालै जने निर्णय गर्थिनन होला अथवा, दुबै केटा केटी लाई राखेर उनिहरुलाई -आफ्नो कारीयर लाई प्राथमिकतामा राख, एक अर्का लाई बुझ अनी अलिक बर्ष पछी विवाह गर” भनेर भनेको भए यो भाग्ने , भागाउने भगाउन, भाग्न नदिने युद्ध  चल्दैन थियो होला समय क्रम मा उनिहरुलाई एक-अर्का नै सहज लागे, सँगै जिबन बिताउथे वा -आफ्नो बाटो लग्थे तर दुबै तर्फ का अभिभबक ले यस्तो कुनै पहल गरे जस्तो लाग्दैन घटना को प्रक्रिती हेर्दा , दुबै अभिबाबक पक्ष ले अल्लारे अपरिपक्क  आबेगलाई साथ दिएको जस्तो देखिन्छ घटनालाई आबेगमा आउन नदिन किशोर किशोरि सँग त्यस्तो समन्वय गरेको देखिदैन दुबै पक्षले - आफ्नो अहम मा आएर यो सम्बन्ध किन असामान्य  भन्ने कुरा तर्फ मात्र जोड दिएको देखिन्छ । वा , दुबै गाउले समुदाय नै यो भाग्ने , भगाउने भाग्न नदिने अल्लारे प्रतिस्प्रधा मा होमिएको जस्तो भान हुन्छ अपरिपक्क युवा जमात लाई यो सुहायो तर अभिवावक, सिङो गाउबासी जस्ले यो घटना घट्न-घटाऊन सहयोग गरे वहाँहरुलाई यो पक्कै सुहएन

 

हाम्रो समाजमा, किशोर किशोरी मा प्रकृतिक रुपमै देखापर्ने एक अर्का प्रतिको आकर्षण प्रति आझै पनि कतिपय अभिभाबकको नकारत्मक धारणा वहाँहरुले यो आकर्षणलाई सामान्य रुप मा नलिएर यस्लाई ठुलो कुरा असामान्य कुराको रुपमा लिने गरेको पाईन्छ यसै करण ले यस्तै करण हरुमा समन्वयको अभव मा कयौ किशोर किशोरी हरु निराशा को सिकार हुन्छन कतिपयले आत्महत्या जस्तो घातक कदम पनि उठाउन वाध्य हुन्छन यस  घटनामा पनि,  बिबेक पूर्वक स्थिती लाई सहज बनाउनु को सट्टा दुबै पक्ष ले भागाउने भाग्न नदिने अहम को पछी लागि सँगै जिवनयापन गर्न पाउ भन्ने सरल माग लाई युद्ध मैदान मा बादलिदिएका छन् अनी युद्ध  मा मारकाट नभएर के हुन्छ ? युद्धले दलित गैर दलित केही देख्दैन , पक्ष बिपक्ष मात्र देख्छ यो घटनामा पनि यस्तै भएको

 

 

दुई किशोर र किशोरिको सँगै जीवन यपन गर्न पाउ भन्ने सरल चाहनाको कुरालाई लिएर एक सिङो गाउँनै युद्ध मैदान हुनु पक्कै पनि दुर्भाग्य पूर्ण कुरा हो   यो घटना सँगै , हामीले हाम्रो समाजमा बिना युद्ध नै चुपचाप , यस्तै  आकर्षणलाई अभिबाबक वा पारीपक्क पक्ष ले नबुझेर वा सहजिकरण सहि परामर्ष गर्न नसकेर किशोर-किशोरिहरुले बर्षेनी गर्ने गरेको आत्महत्या लाई पनि बिर्सनु  हुँदैन । यस्ता घटनाले हामीले आफ्ना बाल बालिका हुर्काउने पारीपाटीमा रहेको कमी कमजोरी देखाउछ। कसरी किशोरअवस्था को भावना लाई हामीले शाहज रुपमा लिनुको सट्टा अबरोध श्रीजना गरेर उनिहरुलाई जिबन जस्तो अमुल्य उपहार लाई तिलान्जली दिन उत्प्रेरित गरेका छौ वा,खोसिदिने गरेका छौ भन्ने कुरा देखाउछ ।

 

मेरो  बिचारमा यो घटनाले हामी सबैलाई सबैलाई एउटा पाठ पढाएको छ, घटनाको प्रतक्ष , अप्रतक्ष     भबिस्यका सम्भावित    दोषी हरुले अब उपरान्त यस्तो घटना नदोहोरियोस भन्ने मनन गर्न जरुरी

 


Comments