म भन्छु नारी हुनु भनेको के हो ।


 

यदी तापाई दोस्रो वा कुनै कुनै अवस्था मा तेस्रो सन्तान पर्नु भो भने, तपाईं लाई अफु जिबित वा मृत्यु को आभास हुनु अघी नै तपाईं महिला हो कि पुरुष हो भन्ने कुरा आमकै गर्भ मा निर्क्यौल गरिन्छ तपाईं यदी पुरुष भए, बाच्न सक्नु हुन्छ तर नारी भए सन्सार मा आउनु अघी कतिपय अवस्था मा तपाईं लाई बिदाई गरिन्छ पुरुष भए जुनसुकै क्रम मा परे पनि ढुक्क हुनुहोस्,  तपाईं  को धर्ती मा स्वागत हुन्छ

 

यदी तपाईं नारी हो भने तपाईं ले मात्र दुख पाउनु हुँदैन तपाईं लाई जन्म दिने आमा ले पनि हेपाई खानु पर्छ कतिपय अवस्था मा पुरुष सन्तान नजन्मन्जेल्, सन्तान जन्मउने क्रम जरी रख्नुपर्छ जन्मिसके पछी, तपाईंको शरिर मा जती-जती अङ हरु छन ति सबै मा तपाईंले परिवार्, समज को इज्जत पनि बोकिदिनु पर्छ ढुक्क हुनुहोस्, तपाईं पुरुष हो भने त्यो बोझ बोक्नु पर्दैन

 

तपाईं लाई छोरी भएकैमा गर्ने न्वारन्, पास्नी  , गुन्यो चोलो, आदी संस्कारहरु छोराको भन्दा फरक हुन्छ यसबाटतपाईं आफ्नो भाई वा दाइ भन्दा अलग्गै हो है’ भन्ने मनसिकता को बिकास गरिन्छ तपाईंको लवाइ, खवाइ, पहिरन्, व्यबहारहरु सबै नियन्तृत गरिन्छ

 

बिस्तारै हुर्कदा थाहा हुन्छ्, तपाईं पसल कोही साथमा नलिइ जानसक्नु हुन्न रात बिरात हिंड्नु खतरनाक हुनसक्छ तपाईं को शरिर, शरिर नभएरकुनै खजना जस्तो हो’ भन्ने बनाइन्छ जुन कसैले लुटिदिन सक्छ आखाँ लगाउन सक्छ त्यसैले शरिर ढाक्नु पर्छ कसैलाई छुन दिनु हुँदैन छोएमा तपाईं को आफ्नो शरिर माथि को अधिकार को हनन होईन कि, तपाईं को परिवर माथि वा समाज  माथि को इज्जत को धज्जी उड्छ तपाईंको शरिर लुटिए तपाईंको भन्दा परिवार वा समज को इज्जत लुटिन्छ लुट्ने अरुकोही नभएर पुरुष नै हुन्छन किनकी महिलामा लुट्ने सामर्थ्य हुँदैन लुटिने अवस्था मात्र हुन्छ

 

हुर्कदै गर्दा तपाईंलाई यो पनि अनुभव हुन्छ कि तपाईं को भाइ, दाइ तपाईं भन्दा बढी महत्व्पूर्ण हुन् भरसक तपाईंले यो उनिहरुलाई किनिदिने महङा लुगहरुमा, उनिहरुलाई दिइने स्वतन्त्रता हरुमा, उसले तपाईंलाई सुरक्षा गर्न सक्ने कुरामा, तपाईं लाई अर्काको घरमा जानु पर्ने कुरा सम्झाउदा, वा तपाईं आमा लाई सघाउदै गरिरहदा  दाइ भाइ खेल्दै गरेको अवस्थामा थाहा हुन्छ

 

तपाईंले घरमा आमाले आफुले घरको काम गरेको अनुभब संगै तपाईंले पढ्ने किताबहरुमा, तपाईंले हेर्ने चलचित्रहरुमा, तपाईंले सुन्ने  गीतहरुमा, कथाहरुमा, घरको काम आफ्नो जिम्मेबारी भनेर बुझ्नुहुन्छ तपाईं ले कस्तो कपाल रख्ने, कस्तो लुगा लगाउने, को सँग बोल्ने, कसरी बोल्ने, के खेल्ने, के नखेल्ने, आदी कुरहरु पनि शुक्ष्म तरिकबट ब्यबस्थित तरिकाले घरबाट, अन्य समजिक संसस्थाहरु बाट सिकाइन्छ

 

हो, कहिले काही नारी देबी स्वरुप हो भनेर नवरात्रीमा तपाईं हरुको पुजा पनि गरिन्छ तर तपाईं रजस्वला भएपछी त्यो ठाँउ तपाईं पाउनु हुन्न तपाईंको धर्म ले तपाईं को देवीहरुलाई रजस्वला मुक्त घोषणा गरेका छन रजस्वला संगै  तपाईं पर सर्नु हुन्छ्, नछुन मिल्ने हुनु हुन्छ हरेक समय इज्जत बोक्ने भांडो भैरहने योनी , रगत बग्दा, इज्जत को बोझ संगै  अछुत हुन्छ  

 

यतिमात्र होईन, तपाईं को कुनै घर हुँदैन कि तपाईं बाउ को घरमा, कि लोग्नेको घरमा बस्नु हुन्छ तपाईं को जात हुँदैन, तपाईं को जात कि बाउको कि लोग्नेको उपहार हुन्छ तपाईं को देश पनि हुँदैन, किनकी तपाईं आफ्नो बल मा होईन कि आफ्नो बाउको अथवा आफ्नो लोग्नेको आधारामा मात्र नगरिकता पाउनु हुन्छ नौ महिना पेटमा, नहुर्किदा सम्मन् हेरचाह गरेपनि, तपाईं एक्ली ले सन्तान्को स्वमित्वो लिन पाउनु हुन्न तपाईं को सन्तान तबसम्म तपाईं जस्तै देशबिहिन , जातबिहिन , अनाथ हुन्छ  जबसम्म उस्को बाउले उस्को अस्तित्व स्विकार गर्दैन त्यस्तो सन्तानलाई तपाईंले नजन्मिदै फलेपनी वा जन्मे पछी फलेपनी तपाईं कै दोष हुन्छ

 

तपाईं सोच्नु होला त्यो अरुले बनएको नियम मा नबसे के हुन्छ ? त्यस्तो गर्ने सोच्दा पनि नसोच्नुस तपाईं समजको नाम मा कलंक बनाइनु हुन्छ सामाजिक सन्जाल संन्चार मा तपाईं को चरित्र हत्या हुन्छ ।सामाजिक बहिस्कार को तपाईं सिकार हुन सक्नु हुन्छ अँह, त्यस्तो सोच्दै नसोच्नुस् तपाईं पछुताउनु हुनेछ बरु अफुलाई दुखै भएपनी सहेर बस्नुस् नियम पलन गर्नुस कमसेकम त्यसो गर्दा तपाईं असल छोरि, असल बुहारी, असल आमा, असल दिदी बहिनि, आदी को उपमा पाउनु हुनेछ टाउको माथी छत , दुइ गांस आहार्, जात्, सामाजिक सुरक्षा सबै पाउनु हुनेछ त्यसैले सहनुमै बुद्दिमानी  

 


Comments